Tuesday 28th of May 2024

राजु अर्याल सशस्त्र प्रहरीको आईजीपीमा नियुक्त

0 Shares

सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो । अर्याल सशस्त्र प्रहरी बलका १२ औं आईजीपी हुन् ।

 

२०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरिक्षक पुष्पराम केसी आइतबार मध्यरातबाट अवकाशमा जाँदै छन् ।  २०७८ चैत ३० मा आईजीपीमा नियुक्त भएका केसीलाई आइतबार सशस्त्र प्रहरी मख्यालय हलचोकबाट बिदाई गरिँदैछ

प्रतिक्रिया