“ श्रोत नखुलेको रकम सहित मानिस पक्राउ ”

धनवीर महतो

महोत्तरी /  प्रहरीले नेपाली ४ लाख अवैध रकमसहित एकजनालाई पक्राउ गरेको छ । आज जलेश्वर नगरपालिका ३ मलिवारास्थित  जलेश्वर भंन्सार अगाडीको सडक हुदै भारतबाट नेपालमा अबैध रूपमा नेपाली मुद्रा ओसार पसार गरी ल्याई रहेको बिशेष सुचनाको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीका १९ बर्षिय सुजित मण्डललाई नियन्त्रणमा लिएको हो । प्रहरीले चेकजाँचको क्रममा मण्डलले वोकेको व्यागभित्र हरियो रंष्को प्लास्टिकभित्र १ हजारका ४ गड्डीमा रहेको ४ लाख नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेको मण्डललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भंसार कार्यालय मलिवारा पठाईएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश विष्टले बताएका छन् ।

 “पोखरीमा डुबी बालकको मृत्यु” 

महोत्तरी सोनमा गा.पा.३ रघुनाथपुरमा पोखरीमा डुवेर एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र यादवको ०६ बर्षिय छोरा सुजित कुमार यादव रहेको छ ।

आफ्नो घर देखि ५ सय मिटर पश्चिममा रहेको पोखरीको डिलबाट लडि पोखरीमा डुबिरहेको अवस्थामा स्थानियले तत्काल उद्दार गरीएको थियो । गम्भीर अवस्थामा रहेको वालकलाई स्थानिय आरति अस्पताल रघुनाथपुरमा लग्दै गरेकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय गौशालाबाट मुचुल्का सहितको प्रहरी टोलि खटिई गई प्रारम्भिक मुचुल्का पश्चात शव पोष्ट मार्टमको लागी प्रादेशिक अस्पताल जलेश्वर पठाएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार