Thursday 30th of May 2024

जितेपछि भ्रष्टाचार मुक्त र समृद्ध बटेश्वर गाउँपालिका बनाउँछु : अजय राउत

0 Shares

जनकपुरधाम / बटेश्वर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अजयकुमार राउत घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनीगाउँपालिकाको विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत माग्न थालेका हुन् ।

बटेश्वर गाउँपालिकालाई भ्रष्टाचारमुक्त, गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगारसहित आफ्नो एजेन्डा रहेको उम्मेदवार राउतले बताए ।

बटेश्वर गाउँपालिकाको भ्रष्टाचार र व्यतिथि तथा समाज परिवर्तनको लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले जिताउनेमा विश्वस्त रहेकोे उनको तर्क छ ।

प्रतिक्रिया