Monday 9th of December 2024

महोत्तरीको होली ः ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म, साढे ५ सय सवारीसाधन नियन्त्रणमा

0 Shares

महोत्तरी – प्रदेश २ मा होलीको दिन (सोमबार) कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना भएका छन् । त्यस्तै, धनुषाको मिथिला नगरपालिका– १ मा चक्कु प्रहार भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका– १ मा दुई समूहबीच भएको कुटपिटमा परी १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको मिथिला– १ मा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रदेश– २ मा होलीको दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका डीएसपी नवरतन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया