यातायात कार्यालय एकान्तकुनाबाट १० विचौलिया प्रहरी नियन्त्रणमा

बागमती प्रदेश यातायात व्यवस्था कार्यालय ललितपुर, एकान्तकुनाबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर १४ तिखिदेवलका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखाको दोलखा गाउपँपालिका ७ का ३४ वर्षीय विवेक थापा, धनुषाको बटेश्वर गाउँपालिका–७ का ३५ वर्षीय दुनया बहादुर राउत, काभ्रेको महाभारत ५ का २२ वर्षीय विशाल तामाङ, ललितपुरको बाडेगाउँका ३९ वर्षीय सुनिल बज्राचार्य रहेका छन् ।

यस्तै, ललितपुरकै पाटनढोका बस्ने वर्ष ३६ का महेश सुवेदी, रामेछापका २६ वर्षीय शिव दर्जी, ललितपुरकै राजेश सुनुवार बाराको निजगढका २४ वर्षीय रोशन घिमिरे र काभ्रेको शिखर अम्बोटेका ३३ वर्षीय कमल थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुले यातायात कार्यालयमा आएका सेवाग्राहीलाई अनावश्यक झन्झट र हैरानी दिने गरेका कारण नियन्त्रणमा लिइएको प्रहरी परिसर ललितपुरले जनाएको छ। नेपालखबर

प्रतिक्रिया

सम्बन्धित समाचार