Saturday 5th of October 2024

गौशाला न.पा.को. मिथिलान्चल कम्पलेक्सबाट चोरी भएको सामानहरु वेवारिसे अवस्थमा वरामद

0 Shares

गौशाला / महोत्तरीको औरहीमा वेवारिसे अवस्थामा चोरी भएको सरसमानहरु फेला परेको छ । आज विहान औरही नगरपालिका १ स्थित २ वटा वोरामा ईलेक्ट्रोनिक्स समानहरु वरामद भएको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार सो समानहरु केही महिना अगाडि गौशालास्थित मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरी भएको समानहरु हुन सक्ने अनुमान गरिएको छ । सो समानहरुको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रन्जन मिश्रले जनाएको छ ।

केही दिन अगाडि प्रहरीले चोरीको समानसहित औरही वजारमा संचालित प्रिन्स मोवाईल एण्ड मर्मत सेन्टरका संचालक दिनेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो । त्यसपछि पहिलो पटक भारीमात्रामा चोरीको सरसमानहरु वरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया