महोत्तरीको गौशालामा टेन्ट लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

गौशाला ः महोत्तरीको गौशाला नगरपालिका वडा नं. ९ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुने गौशाला नगरपालिका–९ बस्ने पिन्टु महतोको छोरा अन्दाजी १७ वर्षीय रामकुमार महतो रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जनाएको छ ।

गौशाला नगरपालिका वडा नं. ९ मा वीरेन्द्र यादवको छोरीको विहेमा तार जोड्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएको हो । महतोलाई तत्काल उपचारको लागी गौशाला स्थित गौशाला पोलीक्लिनिकमा लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार