गौशालाको जलीलटोलमा डकैती ।।

गौशाला ः महोत्तरीको गौशालामा गएराति अज्ञात समुहले कुटपिट गर्दै चोरी गरिएको छ ।

गौशाला नगरपालिका १० जलिलटोलमा गएराति जयकिशोर महतोको घरमा ७ जनाको समुहले कुटपिट गर्दै लुटपाट गरिएको छ ।

ती समुहले निजकी वुहारी निरादेवीलाई कुटपिट गरि घाइते वनाएर नगद ३० हजार तिलहरी १ थान, पाउजु २ थान , बच्चाले हातमा लगाउने चाँदीको बाला २ थान, मोवाईल, भाडाकुडा गरि करिव लाखौ रुपैया वरावरको क्षति भएको हो ।

घरका अन्य कोठामा वाहिरवाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पिडित जयकिशोर महतोले जनाएको छ ।

निराको टाँउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको छ । टाँउकोमा ४ वटा टाका लगाएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ । निजको उपचार प्राथमिक स्वास्थ्यकेन्द्र गौशालामा भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यता लुटपिट गर्नु भन्दा पहिले चोरहरुले घर भन्दा आधा किलोमीटर अगाडी भिक्सको बारीमा माछा, चुरा,मुरही, रक्सी तथा ट्याबलेटको प्रयोग गरी अरुको बारीमा रहेको बाँसको प्रयोग गरी घरको पछाडी भागबाट चढी घर भित्र प्रवेश गरेको जय किशोर महतोले बताए ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको र चाडै नै उक्त समूहहरु प्रहरीको नियन्त्रणमा आउने प्रहरी निरिक्षक रन्जन मिश्रले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार