गौशाला: गौशाला नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का गौशाला नगरपालिकाको नगरप्रमुखको पदका उम्मेदवार देवनारायण महतो र पूर्वमन्त्री शरतसिंह भण्डारीले गौशाला नगरपालिकाको १२औं वडामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी नगरपालिकाको शुसासशन, विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत माग्न थालेका हुन् ।
गौशाला नगरपालिकालाई भ्रष्टाचारमुक्त, गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगार, कोही नभएका वृद्धवृद्धाहरुलाई पहिचान गरी आश्रमको व्यवस्था, कुलतमा फसेका युवाहरुको उनमुक्ति सहित आफ्नो एजेन्डा रहेको उम्मेदवार महतोले बताए ।
गौशाला नगरपालिकाको भ्रष्टाचार र व्यतिथि तथा समाज परिवर्तनको लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले जिताउनेमा विश्वस्त रहेकोे उनको तर्क छ ।