जनताले चाहे अनुसारको विकाशको काम गर्छु ः हरि मंडल

गौशालाः मठियानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मठियानी नगरपालिकाको मेयर पदका उम्मेदवार हरि मंडल मठियानी नगरपालिकाको वडाहरुमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
मंडलका भनाई चुनाव धेरै नै नजिक आईपुग्दा पहिलो चरणको घरदैलो (जनताको घर घरमा पुग्ने) अभियान सम्पन्न गरी दोश्रो चरणको घरदैलो अभियानमा प्रवेश गरेका छौ ।
घरदेलो अभियानमा पुरानो कामको र नयाँ काम कसरी गर्ने भनी जनताको बीचमा छलफल गरी गराउदै घरदैलो कार्यक्र ताबरतोड तरिकाले अगाडी बढीरहेको मंडलले बताए ।

५ वर्षको कार्यकाल विताई पुनः अर्को कार्यकालकालागी जनतामा जादाँ के भिन्नता पाउँनु भएको छ ।

गाउँघरमा जाँदा कहि कसैले विकास निर्माणको काममा कमी कमजोरी भएको वा नगरपालिकालाई घात पु¥याउने कुनै किसिमको नकरात्मक कुरा नआई बरु जुन घरमा गए त्यस घरमा माया, ममता र स्नेह पाए, जनताले राम्रो काम गरे वापत आउँने समयमा पुनः आफुलाई मेयरको पदमा हेर्ने आकाक्षा रहेको बताए र त्यसै विषयलाई मनन गरी अगाडी बढेको मंडलले बताए । हिजो जुन तरिकाले मेहनत र लगनका साथ पालिकालाई अगाडि बढाए त्यसै तरिकाले पुनः नगरपालिकालाई अगाडि बढाउने काम लाग्ने छु ।

एक कार्यकाल विताई सकेपछि पुनः चुनावको यो लहरमा धेरै प्रतिद्वन्दीहरु छन् तर पनि हरि मंडललाई नै भोट किन दिन्छ जनताले ?
एक कार्यकाल पुरा गरी सकेकोले जनताले मैले गरेको विकासको काम हेरिसकेको र नगरपालिकाको लागी हरेक क्षेत्रमा आफ्नो योग्दान विकासको कामको मूल्याङ्ककन गरी सकेकोले यहाँ जनताहरुले आफुमाथि भरोसा भएकोले मलाई भोट दिनुहुन्छ भन्ने अपेक्षा रहेको बताए ।

हरि मंडलले चुनाव जितिसके पछि अब के गर्ने उद्देश्य अथवा एजेन्डाहरु के के त ?
चुनाब जिति सके पछि सर्वप्रथम हरेक थोक बजेटमा आधारीत भएको हुँदा तमाम विकासको कामको बजेटमाथि संरचना खडा हुने भएकोले लगभग पाँच वर्षको समयमा बाँकी रहेको अधुरो विकासका काम पुरा गर्ने, कृषि क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने, शिक्षामा सुधारको काममा आफु सन्तुष्ठ नरहेको र शिक्षालाई अझ सुशासित र देश, विदेशमा जस्तै मोडेल तरिकाको पठनपाठन बनाउनु पर्ने, सडकहरु चाहे अनुसारको रोड, ढलको व्यवस्थापन गर्नु पर्ने , सोन्र्दयकरणको विषयमा हाम्रो मठियानी नगरपालिका भित्र एतिहासिक, पौरानिक र सांस्कृतिक झलकाउने मठ, मन्दिरहरुको सोन्र्दयकरण गरी पर्यटक स्थलको निर्माण गर्नुपर्ने, स्वास्थ्यको अवस्थामा हालमा रहेको नौवटा स्वास्थ्य चौकी र १५ वेडको हस्पिटल बनिरहेको अवस्था छ र अझ एउटा ठुलो हस्पिटलको आवश्यकता रहेकोले त्यसमाथि जोड दिनुपर्ने, नगरपालिका भित्र रहेको जतिपनि जोडने रोडहरु छन् त्यसलाई संघ सरकार र प्रदेश सरकारमा लविङ्ग गरी टुलाईन र फोरलाईन बनाउनुपर्ने, हरेक पोलमा सेन्सर लाईटको जडान गर्नुपर्ने, मठियानी नगरपालिकामा रहेको बजारको विकासको काम गर्नुपर्ने, यस्ता धेरै सामाजिक काम गर्नु पर्ने अपेक्षा जनजनमा छ त्यसलाई मध्यनजर गरी विकासको काममा रतिभर पनि पछि नहटने किन कि मनमा सोच,आट र काम गर्नको लागी चाहना भएको बताए । आफ्नो भिजन भन्दा बढी जनताले चाहेको अनुसार विकासको काम गर्ने अभिरुची बढदै गएको र घरदैलोको अभियानमा एकजनालाई जनताले भनेको अनुसारको विकासको कामको टिपोट गर्ने कामपनि थालेको र त्यसलाई पहिलो प्राथमिकता दिने र हरदम लागीपर्ने मंडले बताए ।


मठियानी नगरपालिकालाई राष्टिय«, अन्तराष्ट्रिय जगतमा चिरपरिचित गराउन कुनै कसर बाँकी नराखी भ्रष्टाचार र व्यतिथि तथा समाज परिवर्तनको लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले साईकल छापलाई जिताउनेमा विश्वस्त रहेकोे उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार