Friday 20th of September 2024

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

0 Shares

जनकपुरधाम / मधेस प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ। प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रूपमा जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा मनाइने जानकी नवमीको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो।

मधेस सरकारले ०७९ मा ११ दिन बिदा दिने उल्लेख गर्दै राजपत्र प्रकाशन गरेको थियो। सोहीअनुसार प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक बिदा दिएको हो।

मिथिला नरेश राजर्षि जनककी पुत्रीको रूपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थमा उल्लेख पाइन्छ। मंगलबार साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ।

 

प्रतिक्रिया