१५ केजी गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

गाैशालाः जितपुर उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना।२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई गाँजा सहित फेला पारेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार