Thursday 30th of May 2024

पूर्वमन्त्री पोखरेल उपर दुव्र्यवहार ।।

0 Shares
file photo

धनवीर महतो

महोत्तरी / विरामी भेट गर्ने जाने क्रममा वर्दिवासमा पूर्वमन्त्री एवम् नेकपा माओबादी केन्द्रका नेता गिरीराजमणि पोखरेललाई दुव्र्यवहार गरिएको छ । विहीबार दिउँसोको समयमा वर्दिवास नगरपालिका ३ राजावासका एक विरामीलाई भेट गर्नका लागि जाने क्रममा वाटोमा एक समुहले पूर्वमन्त्रीलाई दुव्र्यवहार गरिएको हो ।

पूर्वमन्त्री पोखरेलका स्वकिय सचिव मोहन तमाङ्गका अनुसार पूर्वमन्त्री पोखरेल सवार रहेको वा १४ च ७९४ नम्बरको गाडीलाई मोटरसाईकल तथा गाडीमा आएका युवाहरुको समुहले दुव्र्यवहार गरेको हो ।

तमाङ्गले भने, ‘स्वतन्त्रतर्फका उम्मेदवार प्रल्हाद क्षेत्रीका समर्थकहरु वीच वाटोमा गाडी तेर्साएर विना कारण विवाद खडा गरिएको थियो । सोही क्रममा ती युवकहरुले पूर्वमन्त्रीलाई उच्श्रृखंल गतिविधी देखाएको हो । विरामी वा आफन्तलाई भेट गर्न जाने क्रममा ती समुहले आमनवीय गतिविधी देखाएको हो ।’

घटनाको सम्बन्धमा विस्तृत रुपमा बुझनका लागि ईलाका प्रहरी कार्यालय वर्दिवासबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको महोत्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए । अहिले विस्तृत विवरण आउन नसकेको उपरिक्षक पंगेनीले बताए ।

वर्दिवास नगरपालिका ३ राजवासका रामवहादुर थापालाई भेट गर्न जाने क्रममा सो घटना घटेको हो । फोक्सोको विरामी रहेको थापा केहीदिन अगाडी मात्र काठमाण्डौबाट उपचार गरि फर्र्किएको थियो ।

 

 

प्रतिक्रिया