जलेश्वर– महोत्तरीको सदरमुकाम जलेश्वरको सरसफाईको लागि नगरपालिकाले वर्षेनी करोडौ रकम विनियोजन गरेपनि यहाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।
बजार क्षेत्रमा दैनिक उत्पादन हुने फोहर तथा सडक र नालीको उचित व्यवस्थापन नहुदा सदरमुकाम दुरगन्धीत बनेको छ । स्थानियवासीहरुका अनुसार जलेश्वरको नगरपालिकाको अधिकांस नालाहरु जाम भएको कारणले गदा अलिगति पनि वर्ष भयो भने नालामा पानी जम्ने समस्या देखिएको छ ।
नालामा पानी जम्ने गरिएको कारणले गर्दा नालाको पानी दुरगन्धीत बन्ने र फोहर आउने समस्या देखिएको छ । फोहरको उचित व्यवस्थापनमा ध्यान दिइएको कारणले गर्दा बिरामीहरुको समेत खतरा निकै बढि देखिएको छ । स्थानियका अनुसार नगरपालिकाको चरम लापवाहीको कारणले समस्या जटिल रहेको छ ।
जिल्लाका प्रमख सरकारी कार्यालय जलेश्वरमै छन तर सरकारी कार्यालयको आसपासमा नै फोहरको डगुर हुदा सेवाग्राही दुरगन्धीत र त्यसले पार्ने असरबाट हैरान छन । स्थानिय सामाजिक अगुवा सुरेश साहका अनुसार नगरपालिकाले जनशक्तिको उचित व्यवस्थापन गर्न नसकेको कारणले गर्दा नै समस्या आएको बताए । उनले नगरपालिकामा गम्भीरता नदेखिएको कारणले गर्दा समस्या देखिएको छ । उनले नगरपालिकाको १ देखि १२ वडा सम्म रहेको र यसको सरफाईमा ध्यान नदिएको कारणले समस्या आएको बताए । उनले तत्तकाल यसको उचित व्यवस्थापनको आभाव देखिएको छ ।
नगरपालिकाले अहिले सम्म जलेश्वरको फोहर व्यवस्थापन गर्न कुनै भुमिका नखेलेको स्थानियको आरोप छ । बजार क्षेत्रका सबै ढल डम्पींग साईट जस्तै बनेका छन । जथाभावि फालिएको फोहरले ढल जाम हुदा फुटेर विभिन्न ठाउमा सडक पानी भरि देखिन्छ ।जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष बरुण दाहालले सरसफाईमा सदस्य देखिएको र केही मेस्तरहरुको कारणले गर्दा नै यस्तो समस्या देखिएको छ । जिल्ला अदालत,जिल्ला कारागार,प्रहरी कार्यालय लगायत सरकारी कार्यालयको आसपासमै फोहरको डंगुर छ । कार्यालयको अगाडि पछाडि ढल निकास नहुदा र उत्पादित फोहरको उचित व्यवस्थापन नुहदा रोग फैलिने जोखिम उत्तिकै छ ।
चिकित्सक रविन्द्र चौधरीले अधिकांस रोगहरु फोहर मैलाको कारणले समेत हुने गरिएको छ । त्यसकारणले फोहरको उचित व्यवस्था गर्दा रोगको जोखिमबाट जोगिन सकिन्छ । नगरपालिकाले फोहर व्यवस्थापन को कार्य गरिरहेको दावि गरेपनि सरसफाईको अवस्था झन कमजोर बन्दै गएको छ । विसं २०२९ मा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन ।
अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्र्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ ।
बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल, प्लास्टिकलगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन् । नगरपालिकाले दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको वडा नं २ का वडाध्यक्ष वरुण दाहालले बताए । तराई–मधेसकै सबैभन्दा पुरानो सदरमुकाम मध्येको एक रहेको जलेश्वर अझै पनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ ।
उनका अनुसार जलेश्वरकै विकासको नाममा बर्सेनि करोडौँ रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुन सकेको छैन । जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डंगुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए ।
उनले जलेश्वरवासी २४सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।