Monday 24th of June 2024

मतदाता परिचयपत्र खोसेर भाग्दै गर्दा निवर्तमान वडाध्यक्ष प्रहरी नियन्त्रणमा   

0 Shares

गाैशालाः दोलखामा मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

तामाकोशी गाउँपालिका–१ को वडा कार्यालयस्थित मतदान स्थलबाट मतदाता परिचयपत्र लिएर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

बुधबार मतदाता परिचयपत्र वितरण भैरहँदा काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।

काफ्लेलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाहीका लागि प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया