सर्लाहीमा निर्वाचन अधिकृत पक्राउ

वैशाला ३० गते । सर्लाहीमा प्रहरीले एक मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलरा नगरपालिका ३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । हाल त्यहाँ मतदान अवरुद्द भएको छ ।

मतदान सुचारु गराउने प्रयास भइरहेको पोखरेलले बताए । हाल मतदान स्थगित गरेर छलफल भइरहेको बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार