देशभरीमा झडपका कारण ३० स्थानमा मतदान अवरुद्ध, १२ स्थानमा गोली चल्यो

काठमाडौं । देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ । झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बिष्णु कुमार केसीले बताए ।

उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति सुरक्षालाई प्रभाव पार्ने किसिमका झडप नभएको बताए । ‘‘अहिलेसम्म १२ ठाउँमा गोली चलाएर झडप नियन्त्रण गर्नु परेको छ । बढी जोखिम भएका ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,” उनले भने ।

देशभरका विभिन्न मतदान केन्द्रमा मतपेटिका तोडफोड भएका छन् । त्यस्तै राजनीतिक दलका कार्यकर्ताहरु घाइते भएका छन् । यस अवधिमा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार