Tuesday 28th of May 2024

गौशाला नगरपालिका सहित देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाका कारण मतदान आधाघण्टा अबरुद्ध

0 Shares

गौशाला: महोत्तरीको गौशाला नगरपालिका लगायत देशको अधिकांस स्थानमा हावाहुरीको कारण मतदान आधा घण्टा अवरुद्ध भएको थियो । हावाहुरी लगायत वर्षाले गौशाला नगरपालिका वडा नं. ४ का जनता मा.वि.मतदान केन्द्रमा लगाइएको त्रिपाल उडाएको छ भने चौर भरी पानी जमेका कारण मतदान गर्न गएको व्यक्तिहरुले पानीमा उभी मतदान गरेका छन् । पाँच वर्ष पश्चात आएको चुनावले अप्ठयारो भए पनि हर्ष र आफ्नो अधिकारको सदुपयोग गरी मतदान गरेको स्थानीय श्यामराजा दाहालले बताए ।

प्रतिक्रिया