धनवीर महतो
महोत्तरी / छिटफुट विवाद वाहेक समान्य रुपमा मतदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १५ वटै पालिकामा तोकिएको समयभित्र मतदान कार्य सम्पन्न भएको हो । शुक्रवार अत्याधिक गर्मी एवम् बर्षाको समयमा पनि मतदाताहरु धैर्य भएर क्रमिक रुपमा मतदान गरिएको हो ।
औरहीको श्रीपुरमा दुईपक्षवीच झडप ।।
महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । मतदान केन्द्रभित्र अनधिकृत मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको भन्दै त्यहाँ झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।
वलवामा प्रहरीद्धारा एक राउण्ड हवाई फायर ।।
महोत्तरीको बलवा नगरपालिका–५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ । मतदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
सिकाएको व्यालेट पेपर वृद्धको खल्तीमा भेटियो ।।
महोत्तरीको गौशाला नगरपालिका ९ विषहरपुरमा सामान्य विवादका कारण अवरुद्ध भएको मतदान प्रक्रिया सर्वपक्षीय छलफलपछि आधाघण्टापछि पुनः निरन्तरता पाएको थियो । मतदान कार्यक्रम जारी रहेको समयमा एक वृद्ध व्यक्तिले सिकाएको व्यालेट पेपर खल्तीमा राखी मतदान स्थान भित्र प्रवेश गर्ने क्रममा प्रहरीले चेकजाँचको क्रममा फेला परेको थियो । सोही क्रममा बाहिर बसेका विभिन्न पार्टीका व्यक्तिहरुले प्रहरी र निर्वाचन अधिकृतको मिलोमितोमा बुथ कब्जा गरी मतदान गरिएको हल्ला फैलाएपछि विवाद सिर्जना भएको थियो ।
सोनमामा मतदाता मतदानबाट वन्चित ।।
सोनमा गाउँपालिका वडा १ मा रहेको श्री अधारभुत प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदाताहरुले मत खसाउनबाट बन्चित भएको छ । लगभग ५० जना मतदाता मत खसाउन लाइनमा उभिएपनि मत खसाउन पाएनन् । जनताहरु उत्साहित हुँदाहुँदै बर्षाका कारण मतदान कार्यक्रम अवरुद्ध भएपछि मत खसाउन गएकाहरु खालि हाथ फर्किएका थिए । जसले गर्दा उनीहरु निरुत्साहित भएका छन् । मतदान अधिकृतलगायतको कर्मचारीहरुको लापारवाहीको कारण जनताहरु मत खसाउनबाट बन्चित भएका छन । समयमै मतदान शुरु नगर्नु र अर्काे मौसमको बारेमा जानकारी हुँदापनि त्रिपालको व्यवस्था नगर्दा उनीहरु मतअधिकारबाट बन्चित भएका हुन ।
यस वाहेक अन्य स्थानमा मतदान कार्यक्रमहरु पूर्ववत रुपमा विना अवरोध एवम् विवादरहित ढंगले सम्पन्न भएको सम्बन्धित मतदान अधिकृतहरुले जनाएको छ ।