गौशाला नगरपालिका लगायत १४ स्थानियतहमा अझै मतगणना कार्य शुरु भएन् ।।

महोत्तरी / जिल्लाको गौशाला नगरपालिका लगायत १४ स्थानियतहमा अझै मतगणना कार्य शुरु भएको छैन । गएराति अवेर मतपेटिका तोकिएको मतगणना स्थलमा आएपछि प्राविधीक कारणवश ती पालिकाहरुमा मतगणना शुरु हुन सकेको छैन ।

सोही क्रममा गौशाला नगरपालिका अहिले विहान ८ बजेदेखि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक सुचना जारी गर्दै विहान ८ बजेदेखि मतगणना कार्य शुरु हुने निर्वाचन अधिकृत मदनलाल जयसवालले बताए ।

यता महोत्तरीको वर्दिवास नगरपालिकामा भने रातिदेखि नै मतगणना शुरु भएको खवर प्राप्त भएको छ । यो समाचार तयार गरेसम्म प्राप्त जानकारी अनुसार ३ सय मतगणना हुदा मेयरतर्फ एमालेलाई ६९, स्वतन्त्रतर्फका जेव्रालाई ११९ र नेकपा माओबादीलाई ३० मत प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार