
गौशाला, वैशाख ३१ गते । धनुषाको लक्ष्मिनिया गाउँपालिकामा मतगणना सुरु भएको छ । उक्त गाउँपालिकाको सुरुवाती मतगणनामा पालिका अध्यक्ष र उपाध्यक्षमा सिके राउतको जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष उपाध्यक्षले क्रमश १६१ र १२३ मत ल्याउँदा प्रतिस्पर्धी जसपाका उम्मेदवारले क्रमश १०४ र १०२ मत ल्याएका छन् । सुरुवाती चरणमा यो पालिकामा एमाले तेस्रो स्थानमा छ । एमालेका उम्मेदवारले ९१ र ८६ मत ल्याएका छन् ।
प्रतिक्रिया