
धनवीर महतो
गौशाला / महोत्तरीको गौशाला नगरपालिकामा मतगणना कार्य शुरु गरिएको छ । शनिवार मध्यान्ह सवा १२ वजेवाट मतगणना कार्य शुरु भएको हो ।
अहिले हरेक दलको सहमतिअनुसार मतगणना शुरु भएको हो । निर्वाचन अधिकृत मदनलाल जयसवालका अनुसार सर्वपक्षीय वैठकले निर्णय लिन लगायतका विविध प्राविधीक कारणवश तोकिएको समयभन्दा ४ घण्टा विलम्ब गरेर मतगणना शुरु भएको हो ।
मतगणनास्थल सिसि क्यामेराको निगरानीमा रहेको छ भने तारजालीले घेरिएकोले पूर्णरुपमा सुरक्षित रहेको निर्वाचन अधिकृत जयसवालले जानकारी दिए । मतगणना वरिपरिकोक्षेत्रलाई पूर्णरुपमा सुरक्षित राख्नका लागि सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
प्रतिक्रिया