Tuesday 28th of May 2024

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवारको अग्रता

0 Shares

३१ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको मतान्तर बढ्दै गएको छ ।

वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले १ सय ५ मत ल्याएका छन् । निवर्तमान मेयर जसपाका लालकिशोर साहले ३६ मत पाएका छन् । उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलको पनि समर्थन छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१ मत प्राप्त गरेका छन् ।

यस्तै उप मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साहले अग्रता लिएकी छन् ।

उनले ३ सय मत प्राप्त गर्दा एमालेकी रुना झाले १ सय ३५ मत प्राप्त गरेकी छन् । अनलाइन खबर

प्रतिक्रिया