Tuesday 11th of February 2025

महोत्तरीमा घाँस काट्न गएका ७ जना किशोरी बेपत्ता

0 Shares

महोत्तरी– महोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना   किशोरी बेपत्ता भएका छन् । 

मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्ममा घर आइपुगेका छैनन ।

बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

‘उनीहरू सधैँ समूहमै घाँस काट्न जान्थे र साँझसम्म फर्किहाल्थे तर आज नफर्केपछि हामी खोजतलासमा जुट्यौँ । प्रहरीलाई पनि जानकारी गराएका छौँ, ज्योतिका बुवा विष्णु पासवानले भने, ‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानीयले देखेका थिए ।’

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर संजिव साहले बताए।

मंगलबार दिउँसो घर नजिकैको खेतबारीमा घाँस काट्न गएका उनीहरु अबेर साँझसम्म घर नफर्किएको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले जनाए ।

‘चेलीबेटीहरु घाँस काट्न गएका थिए । उनीहरु अहिलेसम्म घर आएका छैनन् । खोजीका लागि प्रहरीलाई खबर गरेहको छु,’मेयर साहले शिरीष न्युजसंग टेलिफोनमा भने,‘ म आफै पनि भंगहा बजारबाट धरमपुरतिर घटना बुझ्न जाँदैं छु ।’

साँझ ढिलासम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका छन् ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता युवती तथा बालिकाहरुको खोजी गर्न प्रहरी टोली पठाइएको बताए।

प्रतिक्रिया