Saturday 12th of October 2024

महोत्तरीको सोनमामा मतगणनास्थलमा विवाद ।।

0 Shares

गौशाला / स्वस्तिक छापको विषयलाई लिएर महोत्तरीको सोनमा गाँउपालिकामा विवाद उत्पन्न हुँदा मतगणना कार्यक्रम स्थगित भएको छ । शनिवार मतगणना शुरु भएको १० मिनेटमै सो विवाद उग्ररुप लिएपछि मतगणना कार्यक्रम स्थगित भएको हो ।
सोनमा गाँउपालिका वडा नं. १ को मतगणना जारी रहेको समयमा व्यालेटमा मधुरो रुपमा लगाईएको छापलाई सदर गराउने क्रममा विवाद भएको हो । यसभन्दा अगाडि त्यस्तै मतपत्रलाई सदर गरेको तर पछि आएको मतपत्रलाई वदर गरेको भन्दै कार्यकर्तावीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।

परिस्थितीलाई साम्य वनाउनका लागि अहिले छलफल भईरहेको सोनमाका निर्वाचन अधिकृत दीपककुमार मिश्रले बताए । दुईपक्षलाई सहमतिमा ल्याउने प्रयासलाई निरन्तरता दिने क्रम जारी रहेको मिश्रले जानकारी दिए ।

प्रतिक्रिया