गौशालामा जनता समाजवादी पार्टीले अग्रता देखाए ।।

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीले अग्रता देखाएको छ । शनिवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायम गरेको छ । निर्वाचन कार्यालय स्रोतका अनुसार यो समाचार तयार पार्दासम्म १५० मत गन्दा सो परिमाण आएको हो ।
स्रोतका अनुसार जनता समाजवादी पार्टीका मेयरतर्फ ४५, उपमेयरमा ४३ वडाअध्यक्षमा ४० मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा २५, उपमेयरमा २६ र वडाअध्यक्षमा २६ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २४, उपमेयरमा २७ र वडाअध्यक्षमा २७ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १७, उपमेयरमा १३ र वडाअध्यक्षमा १० रहेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा १७, उपमेयरमा १६ र वडाअध्यक्षमा १३ मत हासिल गरेका छन् । जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा २, उपमेयरमा २ मत प्राप्त गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा २, उपमेयरमा २ र वडाअध्यक्षमा ३ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फ १६ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ १२ वटा, उपमेयरमा १८ वटा, वडाअध्यक्षमा १३ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार