Monday 17th of June 2024

९ मतले अग्रता कायम राख्दै नेकपा माओवादी केन्द्रले महोत्तरीमा खाता खोलेको छ ।

0 Shares

नगरपालिकाको वडा नम्बर ८ को मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा वडाअध्यक्षमा विजयी भएका हुन् ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङ्गरिङ्गलाई नौ मतले पछि पार्दै लामा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत खसेको थियो । जसमध्ये लामाले सात सय ५३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

 

प्रतिक्रिया