Saturday 13th of July 2024

सम्सीमा कांग्रेस पार्टीले अग्रता देखाए ।।

0 Shares

गौशालाः महोत्तरीको सम्सीमा कांग्रेस पार्टीले अग्रता देखाएको छ । शनिवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायम गरेको छ ।
स्रोतका अनुसार नेपाली कांग्रेसको मेयरतर्फ ३९८, उपमेयरमा ४०७ वडाअध्यक्षमा ४८९ मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा ३०, उपमेयरमा २७ र वडाअध्यक्षमा ९ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २४७, उपमेयरमा २१० र वडाअध्यक्षमा २१५ मत हासिल गरेका छन् । यता जनता समाज पार्टीतर्फ मेयरमा ३४०, उपमेयरमा ३६६ र वडाअध्यक्षमा ३१२ रहेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ५९, उपमेयरमा ५२ र वडाअध्यक्षमा ५७ मत हासिल गरेका छन् । जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा २१०, उपमेयरमा १७९ मत, वडाअध्यक्षमा १६६ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय सम्सीले जनाएको छ ।

प्रतिक्रिया