Monday 17th of June 2024

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको अग्रता

0 Shares

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रारम्भिक अग्रता लिएकी छन् ।

काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले ३९५ मत ल्याउँदै फराकिलो प्रारम्भिक अग्रता बनाएकी छन् । उनलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याइरहेकी छन् । उनले ८५ मत पाएकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत पाएका छन् । (अनलाइनखबर)

प्रतिक्रिया