Thursday 18th of April 2024

गौशालामा जनता समाजवादी पार्टीले अग्रता कायमै ।।

0 Shares

गौशाला: महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीले अग्रता देखाएको छ । शनिवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायम गरेको छ । स्रोतका अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ९०, उपमेयरमा ८९ वडाअध्यक्षमा ८० मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा ८०, उपमेयरमा ६९ र वडाअध्यक्षमा ७८ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ६८, उपमेयरमा ७३ र वडाअध्यक्षमा ७५ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २८, उपमेयरमा २४ र वडाअध्यक्षमा १९ रहेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ५३, उपमेयरमा ५२ र वडाअध्यक्षमा ४७ मत हासिल गरेका छन् । जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ४, उपमेयरमा ४ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ४ रहेका छन् ।। राप्रपाकोतर्फबाट मेयरमा ५, उपमेयरमा ५ र वडाअध्यक्षमा ८ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फ मेयरमा ५, उपमेयरमा ५ र वडाअध्यक्षमा २३ गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ १४ वटा, उपमेयरमा २० वटा, वडाअध्यक्षमा १३ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया