Thursday 20th of June 2024

जसपा नेता झाको घरमा आगजनी

0 Shares

महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिकामा जनता समाजवादी पार्टीका एक नेताको घरमा आगजनी गरिएको छ ।

अज्ञात समूहले स्थानीय तहको निर्वाचनको दिन शुक्रबार राती मनरा शिस्वा नगरपालिका–९ का जसपाका महोत्तरी जिल्ला सह–सचिव सरबेश झाको घरमा आगजनी गरेको हो ।

आगजनीमा परी उनको घरको बरामदामा पार्किंग गरी राखिएको भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरको छानोमा आगो लागेपछि जाग्राम भए पछि घरमा आगलागी हुनबाट जोगिएको पीडित सरवेश झाले बताए । उनले भने,‘मतदानको दिन थियो ,कसैले षडयन्त्र पूर्वक मलाई मार्ने प्रयासमा आगजन्नी गरेको हो दोषीमाथि कडा कारवाहीको माग गर्दछुँ’। राती साढे १२ बजेपछि परिवारका सबै सदस्यहरु सुतिरहेको बेला अचानक भएको आगलागी बारे छिमेकीहरुले हो हल्ला गरेपछि जाग्राम भएको थियो ।

यस सम्बन्धमा प्रहरीलाई खबर गरिसकिएको जनाइएको छ । आगालागीका कारण मोटरसाइकल सहित डेढ लाख भन्दा बढीको क्षति भएको छ भने मानवीय क्षति भने नभएको पीडित झाले बताए ।

 

प्रतिक्रिया