
धनवीर महतो
महोत्तरी / सम्सी गाँउपालिका वडा नं. १ को वडाअध्यक्षमा विपीनविहारी यादव निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका यादवले ५४४ मत ल्याई विजयी भएका हुन् । यादवले आफ्ना निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राम किशोर यादवसँग १९२ मतअन्तरले विजयी हासिल गरेका हुन । रामकिशोरले ३५२ मत प्राप्त गरेका हुन् । गत निर्वाचनमा पनि यादवले सोही पार्टीबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
यता मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले वडा नं. ८ को वडाअध्यक्षको मतपरिणाम सार्वजानिक गरेलगतै नेकपा एमाले समर्थित कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका हुन ।
नेकपा माओबादीका उम्मेदवार शमसेर सिह लामाले ७५३ मत प्राप्त गरि विजयी भएको घोषणा गरेपछि निर्वाचन आयोगको निर्णयको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।
सिंहले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडी पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिएको थियो । माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने एमाले बर्दिबासले अडान कायम राखेका छन् ।
निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएको दावी गरेका छन ।
यता, माओवादी केन्द्रले पुनः मतगणना गर्न नसकिने भन्दै प्रकृयावाट बाहिरिएका छन् । निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार शमसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४४ मत प्राप्त गरेका छन ।
प्रतिक्रिया