गौशालामा जनता समाजवादी पार्टीले सेन्चुरी क्रस गर्दै अग्रता कायमै ।।

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीले सेन्चुरी पार गर्दै अग्रता देखाएको छ । ५५० मतमा शनिवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायम गरेको छ । स्रोतका अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १२९, उपमेयरमा १२८ वडाअध्यक्षमा ११४ मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा १२०, उपमेयरमा ११७ र वडाअध्यक्षमा ११५ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १०२, उपमेयरमा ११८ र वडाअध्यक्षमा ११८ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ६१, उपमेयरमा ३७ र वडाअध्यक्षमा २९ रहेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ७६, उपमेयरमा ७४ र वडाअध्यक्षमा ६९ मत हासिल गरेका छन् । जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ६, उपमेयरमा ६ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ६ रहेका छन् ।। राप्रपाकोतर्फबाट मेयरमा ७, उपमेयरमा ६ र वडाअध्यक्षमा १२ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फ लालटेनमा ५६ मत निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ ३१ वटा, उपमेयरमा ४३ वटा, वडाअध्यक्षमा २९ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया