महोत्तरीको गौशालामा जनता समाजवादी पाटीका दिपेन्द्र महतोले अग्रता बढ्दै गएको छ । शनिवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायमै छ । स्रोतका अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ १७२, उपमेयरमा १७१ वडाअध्यक्षमा १४८ मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा १६३, उपमेयरमा १६२ र वडाअध्यक्षमा १५८ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा १४७, उपमेयरमा १४३ र वडाअध्यक्षमा १६९ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ८९, उपमेयरमा ६१ र वडाअध्यक्षमा ४३ रहेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ९३, उपमेयरमा ९१ र वडाअध्यक्षमा ८३ मत हासिल गरेका छन् । जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ६, उपमेयरमा ६ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ४ रहेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ७, उपमेयरमा ६ र वडाअध्यक्षमा १२ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फ मेयरमा ५, उपमेयरमा ५ र वडाअध्यक्षमा ८२ गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ ५० वटा, उपमेयरमा ६३ वटा, वडाअध्यक्षमा ४५ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।