
महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।
११ सय ८९ मतको प्रारम्भिक नतिजामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार विष्णु बहादुर योञ्जनले २६२ मत पाएका छन् भने उपमेयर पदका उम्मेदवार जनक दुलारी साहले २५०, जनता समाजवादी पार्टी नेपाल ९जसपा० का मेयर पदका उम्मेदवार डा। दिपेन्द्र महतोले २५६, उपमेयर पदका उम्मेवार रेणु कुमारी महतोले २६३ मत प्राप्त गरेकी छिन् ।
यस्तै लोकतान्त्रि समाजवादी पार्टीका देवनारायण महतो कोइरीले २०८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजय कुशवाहाले १५३ र नेपाली काँग्रेसका बसन्त कुमार गुरुङ्गले १५२ मत प्राप्त गरेका छन् ।
यस्तै वडाध्यक्षमा लोसपाका श्यामहरि थापले २५४ मत प्राप्त गरेका छन भने माओवादीका भिमबहादुर राणाले २४९, जसपाका नविन साहले २१८ र स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटाले १२९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया