बर्दिबास नगरपालिका-७ मा स्वतन्त्र उम्मेदवार १ मतले विजयी

 

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार १ मतले विजयी भएका छन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले दिनुभएका अनुसार स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादवले ७२७ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार सिंहले ७२६ मत प्राप्त गर्नु भएको छ ।

यादवले बर्दिवास नगरपापलिकाको मेयरमा नेपाली काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हादकुमार क्षेत्रीको प्यानलबाट उम्मेदवारी दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार