Monday 24th of June 2024

महोत्तरीमा ३ पालिकाका ४ वडाअध्यक्ष निर्वाचित ।।

0 Shares

धनवीर महतो

महोत्तरी / महोत्तरीका ३ पालिकामा गरि ४ जना वडाअध्यक्षहरु निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेमा नेकपा माओवादीका २ र नेपाली काँग्रेसका १ तथा स्वतन्त्रतर्फका १ जना वडाअध्यक्ष रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयको स्रोतका अनुसार वर्दिवास नगरपालिका वडा नं. ८ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार शमसेर सिंह लामा विजयी भएका छन ।

त्यस्तै सोही पालिकाको वडा नं. ७ को तर्फबाट स्वतन्त्र उम्मेदवार रामसोगारथ यादव  विजयी हासिल गरेका छन् ।

यता सम्सी गाँउपालिकाका वडा नं. १ का नेपाली काँग्रेसका उम्मेदवार विपीन विहारी यादवले विजयी हासिल गरेका छन् l

भने रामगोपालपुर नगरपालिका वार्ड न.२ मा नेकपा.माओवादी केन्द्रका मुकेश कुमार यादव विजयी भएको खवर प्राप्त भएको छ ।

 

प्रतिक्रिया