0
Shares

महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।
६ सय मतगणना गर्दा लोसपा दोब्बर मतले लिड गरिरहेको छ । लोसपाका हरिप्रसाद मण्डल २२९ मतकासाथ अग्रस्थानमा छन् ।
नेकपा एमालेका हेमचन्द्र यादव ११५ र जनता समाजवादी पार्टी नेपालका मोजिबुल रहमानले १०४ मत ल्याएर पछ्याइरहेका छन् ।
सुरुवाती अग्रस्थानमै रहेका लोसपाका मण्डल मटिहानी नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।