Friday 19th of April 2024

गौशालामा ज.स.पा.का डा. दिपेन्द्र महतोे फेरी अघि ।।

0 Shares

महोत्तरीको गौशालामा जनता समाजवादी पाटीका दिपेन्द्र महतोले अग्रता बढ्दै गएको छ । शनिवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायमै छ । स्रोतका अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ३३२, उपमेयरमा ३४१ वडाअध्यक्षमा २८५ मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा २८७, उपमेयरमा २७२ र वडाअध्यक्षमा २७४ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २३८, उपमेयरमा २७३ र वडाअध्यक्षमा २८१ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १६१, उपमेयरमा ११० र वडाअध्यक्षमा ८५ रहेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा १८७, उपमेयरमा १८१ र वडाअध्यक्षमा १७५ मत त्यसै गरी स्वतन्त्र उम्मेदवार लालटेन छापले १४५ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया