गौशालामा श्री सीताराम नाम जाप महायज्ञ शुरु (भिडियो/फोटो फिचर)

बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा ९ दिने श्री सीताराम नाम जाप नवाह महायज्ञ सुरु भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर–१०,११ बटौवा स्थित ब्रह्म स्थान (नगर डिँहवार)मा ९ दिने नवाह सुरु भएको हो । बटौवास्थित रहेको ब्रह्म स्थान (नगर डिँहवार)मा सुरु भएको पुजन कार्यक्रममा २५१ बढी सहभागी सहितको विशाल कलश यात्रा निकालिएको थियो ।

बाजागाजासहित निकालिएको कलश यात्रा नगरपालिकाको विभिन्न भागको परिक्रमा गरी भरतपुर र गौशाला बजारको बीचमा अवस्थित मरहा खोला(मांडवी गंगा)मा जल भरेर ब्रह्म स्थानमा स्थापित गरिएको श्री सीताराम नाम जाप नवाह महायज्ञ समितिका अध्यक्ष मोतिलाल यादवले बताए ।

समाजमा अमनचैन, सुख, शान्ति होस भन्ने धार्मिक विश्वासले महायज्ञ आयोजना गरिएको हो । उक्त महायज्ञमा विभिन्न गाउँका ६ समूहका कृर्तन मण्डलीले साजबाजका साथ आ–आफ्नो प्रदर्शनी गर्नेछन् ।

९ दिन सम्म “सिताराम सिताराम” जप हुने आयोजकले जनाएको छ । यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार