Monday 24th of June 2024

डा. दिपेन्द्रकाे मत चाैथाै सेन्चुुरी पार ।।

0 Shares

गाैशाला / स्थानीयतहकाे मतपरिमाण अनुसार जनता समाजवादी पार्टीको मेयर पदका उम्मेदवार डा. दिपेन्द्र महताेले चाैथाे सेन्चुरी पार गर्दै अग्रता कायमै राखेका छन् । आज विहानकाे मतपरिमाणअनुसार डा. महताेले ४०५ मत प्राप्त गरेका छन् भने उपमेयरले ४११ र वडाअध्यक्षमा ३४५ मत हासिल गरेका छन् । त्यस्तै ३२७ मत ल्याएर  नेकपा माओवादीले मेयरतर्फ दाेस्राे स्थान कायम गरेकाे छ । साेही पार्टीका उपमेयरले ३१० र वडाअध्यक्षले ३१२ मत प्राप्त गरेका छन् । यता लाेकतान्त्रिक समाजवादी पार्टीका मेयरतर्फ २६६, उपमेयरतर्फ ३०३ र वडाअध्यक्षले १०५ मत हासिल गरेका छन् । नेपाली काँग्रेसले मेयरतर्फ १८०, उपमेयर १२९ र बडाअध्यक्षमा १०५ मत प्राप्त भएको छ । मतपरिमाणकै क्रममा नेकपा एमालेका मेयरका उम्मेदवारले २१३, उपमेयरले २०७ र वडाअध्यक्षले २०० मत हासिल गरेका छन् । यता स्वतन्त्रका उम्मेद्वार राधेश्याम सापकाेटाकाे पक्षमा १५९ मत हासिल गरेकाे छ ।

प्रतिक्रिया