Saturday 13th of July 2024

गौशालामा माओवादीको गढमा ज.स.पा. को अग्रता

0 Shares

महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले ८२ मतले अग्रता बनाएको छ ।

१ हजार ६८९ मतगणना गर्दा जनता समाजवादी पार्टीका उम्मेद्वार डाक्टर दिपेन्द्र महतो ४६१ मत ल्याएर ८२ मतको अग्रता कायम गरेको छ । उनलाई नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योञ्जनले ३७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले २७९ मत ल्याएर पछ्याई रहेका छन् ।

यस्तै उपमेयर पदमा पनि जसपाकी रेणु कुमारी महतोले ४६६ मतकासाथ अग्रस्थानमा छिन् भने माओवादीले ३६४ र लोसपाकी उपमेयर उम्मेद्वारले ३२० मत पाएर पछ्याई रहेकी छिन् ।

यस्तै, वडाध्यक्षमा जसपाले ३७९ मत प्राप्त गरेर अग्रता कायम गरेको छ भने माओवादीले ३६३ मत र लोसपा ३३१ मत प्राप्त गरेर पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटाको १७८ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया