Monday 17th of June 2024

गौशालामा ज.स.पा. को अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले पाचौं सेन्चुरी पार गर्दै अग्रता कायम गरेको छ । आज विहान १ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १९९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५१५, उपमेयरमा ५२१, वडाअध्यक्षमा ४५५ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ४२०, उपमेयरमा ४०३ र वडाअध्यक्षमा ४०३ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २९८, उपमेयरमा ३४९ र वडाअध्यक्षमा ३५२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २२५, उपमेयरमा १५४ र वडाअध्यक्षमा ११७ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा २६९, उपमेयरमा २६० र वडाअध्यक्षमा २५५ मत हासिल गरेका छन् ।

प्रतिक्रिया