Monday 24th of June 2024

औरही न.पा.मा लो.स.पा. को अग्रता कायमै ।।

0 Shares

महोत्तरीको औरहीमा लोकतान्त्रीक समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार प्रदिप खडकाले अग्रता कायम गरेको छ । आज विहान १ बजेको मतपरिमाण अनुसार लोकतान्त्रीक समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १ हजार १७ मतको मतपरिमाण अनुसार लोकतान्त्रीक समाजवादी पार्टीका (साइकल) मेयरतर्फ ५२७, उपमेयरमा ४६१, वडाअध्यक्षमा २८२ मत हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेसतर्फ मेयरमा २१६, उपमेयरमा २६३ र वडाअध्यक्षमा २८५ मत प्राप्त गरेका छन भने ने.क.पा. माओवादीको तर्फबाट मेयरमा ५८, उपमेयरमा ७६ र वडाअध्यक्षमा २८५ मत हासिल गरेका छन् । यता ज.स.पा. पार्टीतर्फ मेयरमा ४३, वडाअध्यक्षमा ८४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया