Monday 17th of June 2024

गौशालामा ज.स.पा. को अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले पाचौं सेन्चुरी पार गर्दै अग्रता कायम गरेको छ । आज विहान २ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।

स्रोतका अनुसार २१९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५६८, उपमेयरमा ५७५, वडाअध्यक्षमा ५०६ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ४६३, उपमेयरमा ४४७ र वडाअध्यक्षमा ४४४ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ३३८, उपमेयरमा ३८७ र वडाअध्यक्षमा ३८५ मत हासिल गरेका छन् ।

यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २३४, उपमेयरमा १६३ र वडाअध्यक्षमा १२७ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३०५, उपमेयरमा २९६ र वडाअध्यक्षमा २९३ मत हासिल गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ४३, उपमेयरमा ४७ र वडाअध्यक्षमा ५५ मत हासिल गरेका छन् ।

यता स्वतन्त्रतर्फका उम्मेदवार राधेश्याम सापकोटाको मत २०४ मत हासिल गरेका छन् ।

 

 

प्रतिक्रिया