Monday 24th of June 2024

मटिहानीमा लाेसपाले खाता खाेल्याेे ।।

0 Shares

 

महोत्तरी / मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाअध्यक्षमा विजयी भएकाे छ ।

मतगणनाकाे परिणाम अनुसार मटिहानी नगरपालिका वडा नं. १ काे वडाअध्यक्ष पदमा शिवशङ्कर कुमार राय ३७८ मत ल्याइ विजयी भएको छ ।

उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साह २१२ मत प्राप्त गरेका छन भने जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका हुन ।

निकटमत प्रतिद्वन्दी साह र विजयी भएका राय बीच १६६ मतको अन्तर रहेको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

अग्रस्थानमा रहेका लाेकतान्त्रिक समाजवादी पार्टी मेयरका उम्मेदवार हरिप्रसाद मण्डल अगाडि रहेकाे छ। नेकपा एमालेका उम्मेदवार हेम चन्द्र यादव र जसपा नेपालका उम्मेदवार मोहम्मद मुजिवुल रहमानले पछयाई राखेकाे छ ।

मटिहानी नगरपालिकाको धिरापुरस्थित कार्यालयमा हलमा जारी मत गणना अनुसार वडा नं. १ मा एक हजार ५१५ मतदाता  थिए

प्रतिक्रिया