गौशालामा छाताको अग्रता अझ कायमै ।।

धनवीर महतो

महोत्तरी / गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अझ अग्रता कायमै राखेका गरेको छ । आज वेलुकी ४ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृत स्रोतका अनुसार २२९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५९७, उपमेयरमा ६०४, वडाअध्यक्षमा ५३३ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ४७९, उपमेयरमा ४६३ र वडाअध्यक्षमा ४६१ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ३६०, उपमेयरमा ४०९ र वडाअध्यक्षमा ४१२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २४३, उपमेयरमा १७२ र वडाअध्यक्षमा १३३ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३१९, उपमेयरमा ३१० र वडाअध्यक्षमा ३०५ मत हासिल गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ४७, उपमेयरमा ५१ र वडाअध्यक्षमा ५६ मत हासिल गरेका छन् ।

यता स्वतन्त्रतर्फका उम्मेदवार राधेश्याम सापकोटाको मत २१८ मत हासिल गरेका छन् । जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा २८, उपमेयरमा २७ र वडाअध्यक्षमा २७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

वदरमतको संख्या अधिक

मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ १४८ वटा, उपमेयरमा २७८ वटा, वडाअध्यक्षमा १३७ वटा मत वदर भएको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार