महोत्तरीमा तीन पालिकामा लोसपाका वडाअध्यक्ष निर्वाचित ।।

धनवीर महतो
महोत्तरी / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट ३ वडाअध्यक्ष विजयी भएका छन् । आईतबार मतगणनाको क्रममा ६ वटा पालिकामा गरि ३ मा लोसपा, १ मा नेपाली काँग्रेस, १ जनता समाजवादी पार्टी र १ जना नेकपा माओवादीको तर्फबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार भंगहा नगरपालिका वडा नं. १ मा विपीन साह ९६१ मत ल्याई विजयी हासिल गरेका हुन । त्यस्तै महोत्तरी गाँउपालिका १ मा रंजित कुमार चौधरी सोही पार्टीको तर्फबाट ३७८ मत ल्याई विजयी हासिल गरेका हुन । यता लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मटिहानी नगरपालिका वडा नं. १ मा रंजितकुमार चौधरी विजयी हासिल गरेका छन् ।
निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार मनरा सिस्वा नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसका अरुणकुमार चौधरीले ७८० मत ल्याई विजयी भएका छन् । रामगोपालपुर नगरपालिका वडा नं. २ मा नेकपा माओबादीको मुकेश यादव निर्वाचित भएको हो ।
त्यस्तै पिपरा गाँउपालिका वडा नं. २ मा जनता समाजवादी पार्टीको तर्फबाट संजित यादव निर्वाचित भएका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार