महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अझ अग्रता कायमै राखेका गरेको छ । आज वेलुकी ६.३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृत स्रोतका अनुसार २५९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ६९०, उपमेयरमा ६९७, वडाअध्यक्षमा ६१९ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ५३९, उपमेयरमा ५२४ र वडाअध्यक्षमा ५२४ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४००, उपमेयरमा ४४९ र वडाअध्यक्षमा ४५२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २७१, उपमेयरमा १९६ र वडाअध्यक्षमा १५३ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३५६, उपमेयरमा ३४९ र वडाअध्यक्षमा ३४४ मत हासिल गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ५५, उपमेयरमा ६० र वडाअध्यक्षमा ६४ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फका उम्मेदवार राधेश्याम सापकोटाको मत २४३ मत हासिल गरेका छन् ।
जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ३८, उपमेयरमा ३७ र वडाअध्यक्षमा ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ १६५ वटा, उपमेयरमा १९४ वटा, वडाअध्यक्षमा १४४ वटा मत वदर भएको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।