महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अझ अग्रता कायमै राखेका गरेको छ । आज वेलुकी ७ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृत स्रोतका अनुसार २६९० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ७०८, उपमेयरमा ७१५, वडाअध्यक्षमा ६२६ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ५४५, उपमेयरमा ५३५ र वडाअध्यक्षमा ५३३ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४०८, उपमेयरमा ४६४ र वडाअध्यक्षमा ४६३ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २९३, उपमेयरमा २०४ र वडाअध्यक्षमा १६० मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ३७०, उपमेयरमा ३५७ र वडाअध्यक्षमा ३४८ मत हासिल गरेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ५६, उपमेयरमा ६३ र वडाअध्यक्षमा ६७ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फका उम्मेदवार राधेश्याम सापकोटाको मत २७६ मत हासिल गरेका छन् ।